२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एनसेलले ल्यायो ‘अल टाइम डेटा प्याक’, ननस्टप यूट्युब डेटा प्याकको भोलुम पनि बढ्यो

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्ने भएका छन् । त्यस्तै ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु १४७ मा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँने भएका छन् ।

पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए, अब यो भोलुम बढेर ४ जीबी भएको छ । यी प्याकहरु आज मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् ।

ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सूचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत् पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटा सहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com