२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

राष्ट्रपति भण्डारी स्वागत समारोहमा सरिक

रासस

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि एवं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक भएकी छन् ।

उनी नेपाली सेनाका परमाधिपति हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी भए ।

यस्तै समारोहमा मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी भए । सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com