२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कलाकारको ‘भ्यालु’ नबुझेर देश पछि पर्यो : अभिनेत्री पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा) बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।

दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन् ‘कलाकारको भ्यालु किन बुझेनौं है । जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हो । उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’

कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्( ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो । त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’

१७ वर्षीया गायीकाले पलले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।

प्रहरी हिरासतमा भएका पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्  । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com