२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

तनहुँमा करेन्ट लागेर वडासदस्यको मृत्यु

तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए । नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com