२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सुन तोलाको १ लाख पुग्न १ सय रुपैयाँ बाँकी

काठमाण्डौ । सुनको भाउ आज शुक्रवार तोलामा नौ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com