२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेपालमा एउटा राष्ट्रघात थप भयो‌ : क्रान्तिकारी माओवादी महासचिव किरण

काठमाडौँमा क्रान्तिकारी माओवादी, नेकपा विप्लव नेकपा,राष्ट्रिय जनमोर्चा नेपाल सहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सम्पन्न भएको छ ।

दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत ६ दलका शीर्ष नेताले सम्बोधन गरेका छन ।

बिरोध सभा कार्यक्रमका अध्यक्ष नेकपा क्रान्तिकारी माओवादकिा महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताए छ । उनले भने, ‘यो सम्झैता राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर यस्को सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’
उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिष्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, राष्ट्र घातका रुपमा बुझेको उनले बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको आरोप लगाएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com