२०८३ जेष्ठ २० - Wed Jun, 2026 -

Janasewa News

प्रदेशसभा सदस्य ओलीको निधनपछि काँग्रेसमा अन्तरघातकै डर

काठमाडौं । २०७४ मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा पनि हार बेहोर्यो।

यी हारको कारण काँग्रेसले भन्यो ‘पार्टीभित्रकै अन्तरघात।’ त्यसो त जितमा पनि काँग्रेसले पार्टीभित्र अन्तरघात भएको भनेर नकार्न सक्दैन। फलत जिल्लामा भएका निर्वाचनको जुनसुकै परिणामलाई काँग्रेसले पार्टीको अन्तरघातसँग जोडेर विश्लेषण गर्दै आएको छ। हार वा जित दुवैमा अन्तरघात जोड्ने गरेको काँग्रेसको बुझाइ छ, ‘अन्तरघात हारको प्रमुख कारण हो, अनि जित पनि अन्तरघात हुँदाहुँदै भएको हो।’

पहिलो संविधानसभा निर्वाचनमा जिल्लामा माओवादी एकछत्र विजयी हुनुको प्रमुख कारण काँग्रेसले आफूभित्रको अन्तरघातलाई अर्थ्यायो। पार्टीकै नेता तथा कार्यकर्ताको चरम अन्तरघातका कारण पहिलो संविधानसभा निर्वाचनमा हार बेहोरेको विश्लेषण गरेका काँग्रेसीजनले पछिल्लो संविधानसभा निर्वाचन २०७० मा अन्तरघात हुँदाहुँदै जित निकालेको विश्लेषण गरे ।

स्थानीय तह निर्वाचन परिणामसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नुपरेको हारलाई पनि काँग्रेसले पार्टीभित्रकै अन्तरघातसँग जोडेर हेन्यो । प्रदेशसभा उपनिर्वाचनमा पनि हारको कारण अन्तरघात नै भएको निष्कर्ष उसले निकाल्यो।

आगामी स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात दोहिरन सक्ने भयले काँग्रेस नेता र कार्यकर्ता चिन्तित हुन थालेका छन् । उसले सांगठनिक कमजोरीलाई हारको कारण मान्दैन।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com