२०८१ बैशाख १ - Sat Apr, 2024 -

Janasewa News

जनकपुरधाममा गोली चल्यो, एक युवक गम्भीर घाइते

धनुषाको जनकपुरधाममा एक युवकमाथि गोली प्रहार भएको छ । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेंगाशिवपुरमा गोली प्रहारबाट कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा रहेको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ ।​ चिउँडो हुँदै गोली मुखियाको घाँटीमा गएर अड्किएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । घाइतेलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।

करिब ६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको समेत पहिचान भइसकेको उनले बताए ।

उनका अनुसार यस घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com