२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना

दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनसेवा न्यृुज डटकम संवाददाता

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दोलखाको चरिकोटमा रहेको पुरानो प्रयोग विहिन सरकारी भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

उक्त निर्वाचनको लागि जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए ।

उनले लोकतन्त्रको सवलिकरणका लागि निर्वाचन प्रक्रिया महत्वपूर्ण हुने बताए । निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । उनले जनताको अभिमतलाई जहेर गरी प्रतिनिधि चुन्ने अधिकार माथि कसैले पनि वाधा पुर्याउन हने र निर्वाचन आचार संहिताको पालना गरी सबै पक्षहरु जिम्मेवार हुनु पर्ने बताए । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबैको दायित्व रहेको उनको भनाई छ ।

दोलखामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com