२०८१ असार ३ - Mon Jun, 2024 -

Janasewa News

गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको हो । यस्तै लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बनेको छ ।

आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६/५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा परेको हो भने लुम्बिनी प्रदेशमा पहिलो उत्कृष्ट गाउँपालिकाको मुुल्याङ्नमा परेको हो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको थियो । जसमा मुुल्याङनको १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे–नगरेको, असार मासन्तभित्र बजेट पास भए –नभएको , राजस्व बाँडफाँट गरे–नगरेको, आगामी आर्थिक बर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे– नगरेको विषयमा मूल्यांकन आयोगले गरेको थियो । त्यसका अलवा विद्यालयहरुमा विद्यार्थी भर्नाको अवस्था,बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायतआन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे –नगरेको, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई आयोगले अंक दिएको थियो।
७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८।६९ अंक डडेल्धुराको अजयमेरु गाउँपालिकाले पाएको छ । मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७/११ अंक ल्याएर दोस्रो भएको छ । तेस्रोमा रहेको धुर्कोटले ७६/५४ अंक पाउँदा चौँथो ७६/४९ अंकका साथ कैलालीको कैलारी गाउँपालिका भएको छ । यस्तै ७६/३८ अंकका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका पाचौँ भएको छ ।

यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९–८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने संघीय संचित कोषको समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले यो मूल्यांकनले धुर्कोट गाउँपालिका परिवार निकै हर्षित र उत्साहित भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com