२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चिसो एस्ट्रे’ ले जीवन बुझायो : अभिनेत्री सृष्‍टि

जनसेवा न्युज संवाददाता

अभिनेत्री सृष्‍टि श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ अभिनयबाट जीवनलाई अझ नजिकबाट बुझ्न सजिलो भएको बताएकी छन् । ‘फिल्म ‘चिसो एस्ट्रे’ मेरो लागि कलाकारिताको एउटा काम मात्र होइन । जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाए’ श्रेष्ठले भनिन् ‘संगत भन्ने कुरो जीवनमा कति महत्वपूर्ण कुरो रहेछ यसबाट बुझें ।’ श्रेष्ठले आफुलाई यो फिल्मले पुनर्जन्म दिएको सुनाइन् ।

‘यो फिल्मबाट अभिनयका धेरै कुरा सिक्न पाएको छु । त्यो आगामी दिनमा पनि काम लाग्छ’ श्रेष्ठले थपिन्, ‘फिल्म त पहिले पनि अभिनय गरेको थिए । यतिको मिहिनेत र डेडिकेट भएर काम गर्ने टिम भने पहिलो हो ।’ अबका दिनमा फिल्म अभिनयका लागि सबैले निकै मिहिनेत र डेलिकेट हुनुपर्ने बताएकी श्रेष्ठले फिल्म अभिनयबाट सिकेको कुरा आफ्ना जीवनमा पनि लागू गर्ने बताइन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ ले व्यवसाय गर्छ गर्दैन अहिले नै आफुले भन्न नसक्ने बताउँदै फिल्म भने राम्रो र फरक बनेको दाबी गरिन् । भूपि शेरचनको कविताबाट प्रभावित फिल्म ‘चिसो एस्ट्रे’ मा श्रेष्ठ सालिनाको भूमिकामा देखिँदै छिन् । दिन्स पाल्पालीको निर्देशन रहेको फिल्ममा दिव्य देव, सृष्‍टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका देख्न सकिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com