२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

हार बाबजुद पनि लिभरपुल क्‍वार्टरफाइनलमा

काठमाडौँ । इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १–० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले अवे खेलमा मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २–० को जित हात पारेको थियो । योर्गान क्लोपको टोली समग्रमा २–१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

६१औं मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।

त्यसको दुई मिनेटपछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो । इन्टर यसअघि सन् २०१०–११ मा वार्टरफाइनल र २०११–१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com