२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से बुधबारको कारोबारमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से बुधबारको कारोबारमा गिरावट आएको छ । मंगलबार बन्द रहेको बजार, यस साताको तेस्रो कारोबारको दिन बुधबार ३० अकंले गिरावट आएको हो ।

बुधबार २५४६.६० बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दु २५१४.६५ अंकमा पुगेको छ । अर्थात् आज बजार परिसूचक ३०.२९ अंकले ओरालो लागेको छ ।

आजको कारोबारमा सेयर बजार परिसूचक १.१९ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.४६ अंक अर्थात १.११ प्रतिशतले घटेर ४८७.०७ अंकमा ओर्लिएको छ ।

बुधबार २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रूपैयाँ बराबरको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर ३९ हजार ७ सय ८८ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

माउन्टेन इनर्जी नेपाल, इमर्जीङ नेपाल लिमिटेड, आइसीएफसी फाइनान्स, सिटिजन म्युचुअल फण्ड, प्रभु इन्स्योरेन्स सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन्।

समूहगत परिसूचक तर्फ कारोबार भएका १३ वटै समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा धेरै गुमाउनेमा व्यापार र विकास बैंक समूह रहेको छ। आजको कारोबारमा व्यापार समूह ३.०३ प्रतिशत तथा विकास बैंक समूह २.३५ प्रतिशतले घटेको छ।

आज सर्वाधिक गुमाउनेमा विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्ध भूमि हाइड्रो पावर, नेपाल हाइड्रो डेभलोपर्स, माउन्टेन हाइड्रो नेपाल रहेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com