२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कांग्रेसले एमसीसीबारे फैलाइएको भ्रम चिर्छ : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे फैलाइएको भ्रम कांग्रेसले चिर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रवक्ता डा।महतले एमसीसीबारे फैलाइएको भ्रम चिर्ने बताएका हुन् । उनले भने, ‘एमसीसीको सन्दर्भमा व्यापक दुष्प्रचार गरियो । सोझा नागरिकमा यथार्थ भन्दा भ्रमको जनमत गराइयो । त्यसलाई चिर्नेछौं ।’

आगामी स्थानीय तहको चुनाव केन्द्रित बोलाइएको बैठकमा डा। महतले चुनाव लक्षित ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य खटाइने पनि बताए ।

‘घर–घर जाउँ कांग्रेस जिताऔं’ भन्ने मूल नाराका साथ कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अघि बढ्नुपर्ने उनले बताए । उनका अनुसार फागुन २९ देखि चैत २९ गतेसम्म देशभर यो अभियान अघि लिएर कांग्रेस अघि बढ्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com