२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनमा चुनावी चिन्ह हरियो राख्नु प्राविधिक कुरा हो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतपत्रमा प्रयोग गरिएको चुनावी चिन्हको रङ हरियो हुनु प्राविधिक कुरा भएको बताएको छ । आयोगले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले हरियो रङको प्रयोग चुनावी चिन्ह र स्वस्तिक चिन्हलाई क्लियर बनाउन मात्रै प्रयोग गरिएको बताए ।

यसअघि २०७४ को निर्वाचनमा मतपत्रको चिन्ह र स्वस्तिक छाप एकै रङको ९निलो० हुँदा मतगणनामा निकै समस्या भएको भन्दै आयोगले आगामी निर्वाचनमा स्वस्तिक छाप र मतपत्रको चिन्ह फरक गरिएको जनाएको हो । सहायक प्रवक्ता अर्यालले भने, ०७४ मा निलो रङको चुनावी चिन्ह र निलै रङको स्वस्तिक छाप भएकाले मधुरो गरि छाप लगाइएका मतपत्र राति गणना गर्दा निकै अप्ठ्यारो भयो, त्यसैले रङमा भिन्नताका लागि मात्रै अहिलेको निर्वाचनमा चुनावी चिन्हमा हरियो रङ राखिएको हो ।

आयोगले भन्दा पनि धेरै सरोकारवाला निकायहरुसँगको छलफलबाट हरियो रङको चुनावी चिन्ह प्रयोग गर्ने निर्णय भएको उनको भनाइ छ । कसैलाई आयोगमाथि दुविधा छ भने स्पष्ट पार्न आयोग तयार रहेको पनि अर्यालले बताए ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी चिन्हमा हरियो रङ प्रयोग गरेको भन्दै आपत्ति जनाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com