२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

वाणिज्य बैंकका तत्कालीन म्यानेजरसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जनसेवा न्युज संवाददाता

सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेण्टी राख्ने कार्यमा संलग्न तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजरसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीसमेत चार जना व्यक्ति र ३ वटा निर्माण कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारबाट जारी विज्ञप्ति अनुसार सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेश्की लिन विटीरटौदहरफस्कु जेभीले गलत लिखत तयार पारी राष्ट्रिय वाणिज्य बैंक जुम्लामा बुझाएको र उक्त लिखत गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि बैंकका म्यानेजर लाभ लिएर स्वीकृत गरेको उल्लेख छ ।

१९ लाख ५० हजार रुपैयाँ पेस्कीसमेत लिइसकेको उक्त अवस्थामा अनुसन्धान हुँदा गलत लिखत तयार पारिएको पाइएकाले गलत लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । ठेक्का नम्बर ०३–०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले विटीरटौदहरफस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्बर २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार पारेको अख्त्यिारले जनाएको छ ।

गलत लिखत तयार पार्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ । उक्त ऐनमा ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

त्यस्तै गलत लिखत तयार पार्ने कार्यमा संलग्न विटीरटौदहरफस्कु जेभीका सदस्यहरु माधव प्रसाद भण्डारी, टौदह कन्सट्रक्सनका प्रतिनिधि पुन्न बहादुर शाही र फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकीविरुद्ध पनि मुद्दा लगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com