२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

भ्रष्टाचारीलाई अब सदनबाट पछार्ने अभियानमा छौः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई अब सदनबाट पछार्ने अभियानमा रहेको बताएका छन ।

बुधबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलमा बोल्दै प्रवक्ता शाहीले भ्रष्टाचारको अन्त्य गर्न सदनबाटै पछार्न जरुरी रहेको बताएका हुन ।

‘भ्रष्टाचारीको अन्त्य गर्नु छ भने सडकमा मात्रै कराएर भएन सदनबाट पनि बोल्न जरुरी छ’ उनले भने ‘भ्रष्टाचारीलाई सडकबाट त पछा¥र्यौ अब सदनबाट पनि पछार्ने अभियानमा छौ हामी ।’

उनले कानुन र नीति बनाउने सडक नभएर सदन भएकाले हामी आज सयौं हात, हजारौं समर्थक र लाखौं कार्यकर्ताका र करोडौं जनताका बिचबाट अगाडी बढेको बताए ।

अभियन्ताबाट राजनीतिमा प्रवेश गरेका शाहीले राजनीति फोहरी खेल हो भन्दैमा त्यसबाट पन्छिन नमिल्ने बताए ।

‘हात बाधेर पोखरीको डिलमा बसेर पोखरी भित्र सफा गर्न सकिदैन । पोखरी भित्र छिर्नको लागि खुट्टामा हिलो पनि लाग्न सक्छ ।

तर, यसलाई सफा पोखरीमा छिर्नु पर्छ’ उनले भने ‘संसारमा जति विकास भएको छ त्यो राजनीति राम्रो भएर नै भएका छन । जति बिनास भए त्यो राजनीति नराम्रो भएरै भएका हुन ।’

उनले युवाले राजनीतिमा आउन जरुरी रहको बताए । राप्रपामा पनि अहिले जनलहर बढेको उनले दावी गरे । ‘अहिले धेरै युवा जोडीनु पनि भएको छ । देशभर राप्रपाको लहर सुरु भएको छ ।

गाउँदेखि सहर राप्रपाको जनलहर सुरु भएको छ’ उनले भने ‘अहिले नेपालमा राजसस्था प्रतिको जनलहर पनि बढेको छ । ट्रायलका लागि हाम्रा आमसभा हेर्दा पनि हुन्छ ।’

उनले चुनाव नभएकाले अहिले नै हामीसंग कति समर्थन छ भन्ने कुराको नतिजा दिन सक्ने अवस्था नभएको बताए । ‘राजसस्था प्रति आस्था घटेको होइन बढेको छ ।

सत्यको जित हुनेछ । १२ बर्ष पछि खोला फर्कन्छ भनेजस्तै’ उनले भने ‘यो देशको राक्षा गर्नको लागि राजसंस्था ल्याउन आवश्यक छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com