२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

खानपानमा ध्यान दिए यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन ।

अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहनुभएको छ । नियमित डायलासिस धेरै बोझको जिन्दगी हो, तुलसीले भन्नुभयो, “हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।” तुलसीको डायलासिस हप्तामा तीन पटक गर्नुपर्छ । हाल उक्त केन्द्रमा २५ जनाले हप्तामा तीन पटकसम्म नियमित डायलासिस गराइरहेका छन् ।

एक पटक डायलासिस गर्नलाई चारदेखि पाँच घण्टासम्म लाग्दछ । यस्तै रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ । उहाँको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ मा भएको थियो । त्यसपछि नियमित डायलासिसमा रहनुभएकी श्रीपालीको २०७१ साल माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com