मुलुकभर आज थप ७३ जनामा कोरोना पुष्टि, १९२ द्वारा स्वास्थ्यलाभ
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार २३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र २ हजार ८२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ८१४ पुगेको छ । सोही अवधिमा १ लाख ०१ हजार ३०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ५० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ७० हजार ४८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।