२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता : नेपाली श्रमिकलाई सहज

काठमाडौं । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।

यो व्यवस्था आएसँगै वर्षौंदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी मजदुरलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको मुलुक दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादेश, श्रीलङ्गा, म्यानमारलगायत १६ देशबाट इपिएस कामदार लैजाने गरेको छ ।

क्वारेन्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरुपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वारेन्टिनको शुल्क महँगो हुने कारणलेसमेत थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ । कोरोना भाइरस सङ्क्रमणका कारण सहजरुपमा कोरिया प्रवेश गर्न नपाउँदा नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा पास गरेर उडानको प्रतिक्षामा रहेका हजारौँ श्रमिक प्रभावित भइरहेका थिए ।

कोरियाले केही समयअघिबाट बिस्तारै कामदार प्रवेश गराउन थाले पनि प्रतीक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन । तर यो निर्णयले कोरिया प्रवेश छिटो हुने बुझाइ यहाँका विभिन्न सङ्घसंस्थाको प्रतिनिधिमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com