२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

कम्युनिस्टहरुले पशुपतिनाथलाई पनि झुक्याउँछन् : रामहरि खतिवडा

जनसेवा न्युज संवाददाता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले भगवान पशुपतिनाथलाई पनि कम्युनिस्टले झुक्याउने गरेको बताएका छन् । शनिबार धनकुटा काँग्रेसले शहीद भूमि गाउँपालिका– १ मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले जनतालाई झुक्याएर लाभ लिएका कम्युनिस्टले पशुपतिनाथलाई पनि बेलाबेला झुक्याउने गरेको बताए । कम्युनिस्ट नेता र पशुपतिनाथको कथा सुनाउँदै खतिवडाले भने, ‘विदेशमा उपचार गर्न गएका एकजना कम्युनिस्ट नेता चढेको पानीजहाज सुनामीमा पर्यो । ती नेताले पशुपतिनाथलाई सम्झिएर घर बेचेर दान गर्ने भाकल गरे ।’

‘ती कम्युनिस्ट नेताको घरमा कुकुर थियो । कुकुरको मूल्य ५ करोड राखे । घरको मूल्य १ रुपैयाँ राखे । घर किन्ने व्यापारीले सोध्यो, कुकुरको मूल्य ५ करोड किन रु घरको मूल्य एक रुपैयाँ किन रु’, खतिवडाले कथा भन्दै उल्लेख गरे, ‘ती कम्युनिस्ट नेताले कुकुर पालेका कारण मैले झापाबाट जिते, संसदीय दलको नेता बने । प्रधानमन्त्री बने । कुकुर भाग्यमानी छ । घर १ रुपैयाँमा पाइन्छ ।’

‘घर बिक्री भयो । ती कम्युनिस्ट नेता पशुपतिमा गएर एक रुपैयाँ चढाए । मेरो घर एक रुपैयाँमा बिक्री भयो भने । पशुपतिनाथ भगवानलाई पनि कम्युनिस्टले ढाँटे’, खतिवडाले भने, ‘कम्युनिस्ट भनेका झुठ बोलेर जनतालाई भ्रममा पारेर शासन गर्नेहरू हुन् ।’

अबको निर्वाचनमा धनकुटा जिल्लामा कम्युनिस्टलाई हराएर काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर जिताउन उनले अपील गरेका छन् । ‘काँग्रेस यस्तो पार्टी हो । जसले सबैलाई उचित सम्मान गर्छ । सबै जातजाती, धर्मलाई सम्मान गर्छ’, खतिवडाले भने, ‘यो पार्टी बलबहादुर राई, भूबिक्रम नेम्वाङ, भीमबहादुर तामाङको पार्टी हो ।’

‘शहीद भूमिमा आउँदा, यो राई भूमिमा आउँदा ती नेताहरूलाई सम्मान गर्न चाहन्छु’, उनले भने, ‘नेपाली काँग्रेसले जन्माएका ती नेताहरू उच्च सम्मानमा पुग्नुभयो ।’ उनले भने, ‘२५ प्रतिशत राईको बसोबास भएको धनकुटाको छिन्ताङमा आएर नेपाली काँग्रेसको चारतारे झन्डामुनि उपस्थित गराएर रातो टीका लगाउन पाउँदा सभापति शेरबहादुर देउवा, दिनेश राई, सुनिलबहादुर थापासहित हामी सबै खुसी भएका छौं ।’

खतिवडाले निर्वाचनमा छाप लगाउने बेला एक पटक ‘रुख’मा भोट हालिदिन अनुरोध गरे । ‘कम्युनिस्टले ३० वर्ष जित्दा कसैको परिवर्तन भएन । काँग्रेसले जित्दा परिवर्तनको अनुभूति भएको छ’, उनले भनेका छन् । ओली कम्युनिस्टका सबैभन्दा धनी नेतामा पर्ने उनले टिप्पणी गरे । ‘मेरो केही सम्पत्ति छैन भन्ने केपी ओलीको बालकोटमा घर छ । कम्युनिस्ट भनेका पशुपतिनाथलाई पनि ढाँट्छन् । छिन्ताङ देवीलाई ढाँटेर पनि शासन गरेका छन् । अब धनकुटामा काँग्रेसको विजयी हुनेछ ।’

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, सभापति दिनेश राई, पूर्वसभापति हरिकुमार राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो । एमाले, माओवादीसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो । छिन्ताङमा करीव १ सय जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com