२०८३ जेष्ठ २४ - Sun Jun, 2026 -

Janasewa News

सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी

काठमाडौं । सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ ।

सांसदका लागि शहरी विकास मन्त्रालयअन्र्तगत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले भक्तपुरको सानोठिमीमा रहेको नेपाल राष्ट्र बैंकको करिब ७६ रोपनी जग्गामा संयुक्त आवास निर्माणको प्रस्ताव गरेको छ । आयोजनाले धेरै भवन निर्माण गर्दा खर्च धेरै लाग्ने भएकाले चारवटा अपार्टमेन्ट निर्माणको अवधारणा अघि सारेको छ ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले सांसद आवासका लागि प्रारम्भिक डिजानको काम सम्पन्न गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाइएको बताउनुभयो ।

हाल प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ६० जना गरी ३ सय ३५ जना संघीय सांसद रहेका छन् । आवासमा सभा हल, हरियाली पार्कसहितका आधारभूत सेवा सुविधा रहने गरी डिजाइन गरिएको छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले चार सय युनिट रहने गरी बनाइने उक्त आवासको एउटा अपाटेमेन्ट दस तलाको हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभासभा र राष्ट्रिय सभाका सांसदलाई एकै ठाउँमा राख्ने गरी आवासको डिजाइन गरिएको छ, फाइल मन्त्रालय पुगेको छ ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com