२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

जनतासँग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ जान : अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा विहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रित भएर गाँउ–गाँउमा जान निर्देशन दिएका हुन् ।

बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने गरेका थिए । एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

नेताजस्तो नभई कार्यकर्ताजस्तो भएर र जनतासँग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ जान ओलीले निर्देशन दिएका उनले बताए । त्यस्तै संसदको अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उदेश्य मात्र पूरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com