२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाए

काठमाडौँ — भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ । यहीं मूल्यअनुसार महिनाको १० अर्ब बढी नोक्सानी पुग्ने निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा तथा डिजेलमा ३६ रुपैयाँ ४४ पैसा नोक्सानी छ । मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com