२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई विशेष निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तपाइँहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’

वैशाख ३० मा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएको प्रमुख सचेतक भट्टराईले बताए । यस्तै, एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने उनले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com