२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Janasewa News

बेलायतका विदेशमन्त्रीले यसै महिना भारत भ्रमण गर्ने

एजेन्सी -रुस–युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ। विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।

हालै बेलायतका विदेशमन्त्रीले युक्रेनको संकटबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेकी थिइन्। ‘युकेका विदेशमन्त्री लिज ट्रससँग टेलिफोन छलफल। युक्रेनी स्थितिका बारेमा विचार आदान प्रदान’ जयशंकरले ट्वीटमा लेखेका छन् ।

ट्रस पछिल्लो पटक गतवर्ष अक्टोबरमा दुई दिनका लागि भारत भ्रमणमा आएकी थिइन्, जसमा उनले जयशंकरसँग भेट गरेकी थिइन् । ट्रसले दुवै देशले भविष्यका लागि निर्धारित योजनामा मिलेर काम गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com