माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा महान सहिदहरु को सम्झनामा पहिलो पटक सहिद स्मृति कप आयोजना हुने
जनसेवा न्युज संवाददाता
कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका वडा नं. १ मा महान सहिद हरुको सम्झनामा पहिलो पटक सहिद स्मृति कप आयोजना यहि मिति : २०७८ /१२ /१८ र १९ गते हुने भएको छ।
माछापुच्छ्रे गाउँ पालिका को आर्थिक वर्ष ७८/७९ मा विनियोजन रकम रुः २००००० मा महान सहिदहरु हर्क बहादुर पुन, टेक बहादुर गुरुङ, पुर्ण बहादुर थापा, (घर्ती) को सम्झनामा सहिद स्मृति कप आयोजना हुने र सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम वडा स्तरिय भलिबल प्रतियोगिता हुने सचिव रेम बहादुर पुन ले जनसेवा न्युज लाई बताउनु भयो ।