२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

‘विप्लव’को कुरो योगेश भट्टराईलाई मन पर्‍यो

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव राम्रो भएको बताएका छन् ।

नेता भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने भन्दै गरेको प्रस्ताव अत्यन्तै वस्तुवादी र सहि भएको जनाएका हुन् ।

उनले विप्लवको उक्त प्रस्ताव ‘नेपाली धर्तीको मार्क्सबादी बिचार पनि हो’ भनेका छन् । करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनबाद हुँदै आजको नेकपा एमाले निर्माण भएको नेता भट्टरार्यले बताएका छन् ।

बुर्जुवाहरुसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र बैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा भएको उनले उल्लेख गरेका छन् ।

समाजवादसम्म पुग्नेबाटो बाटो सबै कम्युनिष्टहरुको निर्वाचननै भएको बताउदै उनले एकीकृत रुपमा ध्रुवीकरण हुनुुपर्ने बताएका छन् ।

नेता भट्टराईले नेपाली जनताको अपेक्षा पनि कम्युनिष्ट एकता नै भएको दावी गरेका छन् । नेकपा माओवादीसँग चोइटिएर गठन भएको विप्लव नेतृत्वको नेकपाले यसअघिका निर्वाचनहरु बहिस्कार गर्दै आएको छ ।

शुक्रबारको आन्तरिक बेठकमा विप्लवले पार्टीका नेताहरुलाई आगामी निर्वाचनमा भाग लिने प्रस्ताव गरेका थिए । विप्लव नेतृत्वको नेकपाको बैठक आजपनि बस्दै छ । आजको बैठकले निर्वाचनमा भाग लिने या नलिनेबारे विप्लवले निर्णय लिनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com