२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

युक्रेनी नागरिकहरुले आइतबार खेर्सन सहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरुलाई स्वदेश फर्किन आह्वान

काठमाडौ । युक्रेनी नागरिकहरुले आइतबार खेर्सन सहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरुलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ । दुई ओटा रुसी सेनाका गाडी आफूहरुतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले ‘घर जाऊ’ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी फर्काउन बाध्य भएको थियो ।

रोयर्टसले सार्वजनिक गरेको सो भिडियोमा करिब १०० युक्रेनी नागरिकहरुले रुसी सेनाको सवारी मार्ग अवरोध गरेका थिए । सैन्य सवारी साधनहरू रुसी सेनासँग जोडिएको जेड प्रतीकमा चित्रित थिए । सडक छेउका भवन र पसलहरू गुगल स्याटेलाइट तस्बीरसँग मेल खाएको देखिन्छ ।

युक्रेनी प्रदर्शनकारीसँगको विवादपछि रुसी सवारी केहीबेर घुमेर सो स्थान तत्काल छाडेका थिए । प्रदर्शनकारीहरुमध्ये केहीले युक्रेनको झन्डा लिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com