२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मोरङको लेटाङमा हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

जनसेवा न्युज संवाददाता

मोरङको लेटाङमा हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । उर्मिला श्रेष्ठलाई विराटनगरस्थित कोशी अस्पतालमा परिसरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो ।

त्यस क्रममा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायत प्रहरी अधिकृतले श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै प्रहरीको एक टुकडीले श्रेष्ठप्रति अन्तिम सलामी दिएको थियो ।

त्यसक्रममा हातमा खादा र पुष्पगुच्छा बोकेका सबैको आँखामा आँसु देखिएको थियो । आजै अस्पतालभित्रको शवगृहमा पोष्टमार्टम सकेर बाहिर निकालेपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

मोरङ लेटाङमा बलात्कारको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय प्रदर्शनकारीले आक्रमण गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो । अन्तिम श्रद्धाञ्जली पछि उनको शव उदयपुरस्थित आफ्नै घरमा लगेर अन्त्येष्टि गरिने प्रहरीले जनाएको छ ।

गएको वैशाखमा प्रहरी जवानकुमार श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी २६ वर्षीय प्रहरी जवान श्रेष्ठको घर उदयपुर हो भने माइती खोटाङ हो । उनी गत ०७६ साल साउनमा प्रहरी सेवामा भर्ती भएकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com