२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

किन अप्रत्याशित रूपमा आउँदै छन् चिनियाँ विदेशमन्त्री

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो। पूर्वतयारी भएको होइन। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बताएका छन्।

लामो समयदेखि नेपाल बसेर नेपाल(चीन सम्पर्क सूत्रका रूपका काम गर्दै आएका एक चिनियाँ अधिकारीका अनुसार भूराजनीतिलाई सन्तुलन राख्न यीको भ्रमण हुन लागेको हो। चिनियाँ अधिकारीहरू स्वयं यीको भ्रमण अप्रत्याशित भएको बताउँछन्। ती अधिकारीका अनुसार यो भ्रमणको मुख्य एजेन्डा नै भूराजनीति र त्यसले उत्पन्न गराउन सक्ने सम्भावित सुरक्षा चुनौती हो।

बीआरआईसमेत अहिलेका लागि सहायक विषय बनेको छ । एमसीसी अनुमोदन भएपछिको भूराजनीति अवस्थाले निम्त्याउन सक्ने सुरक्षालगायत चुनौतीहरू नै चीनका लागि महत्त्वपूर्ण विषय बनेका छन्ु, उनले भने । चीन सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ढुक्क छैन। काँग्रेस सभापति देउवा नेतृत्वको यो सरकार चीनविरोधी र अमेरिका(भारत पक्षधर रहेको चिनियाँहरूको बुझाइ छ। काँग्रेसले चीनलाई सहयोग नगर्ने उनीहरूको बुझाइ हो। विदेशमन्त्री यी बीआरआईअन्तर्गतका परियोजनाप्रति काँग्रेसको दृष्टिकोणबारे स्पष्ट भएर फर्कन चाहन्छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com