२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा

चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् ।

यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाड उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीन दिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहित सात जनाको टोली आउने तयारी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा सीमापार र लगायतका समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनको संघारमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन् । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कपरिसन ९एमसीसी० संसदबाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल भ्रमणमा आउन लागेका वाङले नेपाली समकक्षी डा। नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ। आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com