२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

एमाले र जसपाबीच चुनावी तालमेलबारे छलफल

काठमाडौं । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नको लागि प्रमुख प्रतिपक्षी दल एमालेले जनाता समाजवादी पार्टी (जसपा) सँग छलफल थालेको छ ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंगलरबार जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन् । गुरुङ र भट्टराईबीच आगामी स्थानी तह निर्वाचनमा एमाले र जसपाबीच तालमेल गर्नेबारे छलफल भएको छ ।

पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेकै भए पनि अब नयाँ ढंगले अगाडि बढ्न सकिने कुरा भट्टराईले गुरुङ समक्ष राखेका थिए । भट्टराईले भनेका थिए, ‘हामी (एमाले र जसपा) मिलेर जानुपर्छ ।’

यसमा एमाले उपमहासचिव गुरुङले पनि सकारात्मक जवाफ दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com