साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : अंकविहीन नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशसँग नेपालले यो प्रतियोगितमा दोस्रो खेल खेल्न लागेको हो । खेल भारतको जमदेशपुरमा बेलुकी ७:१५ बाट हुनेछ ।
यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । त्यस्तै नेपालले पहिलो खेलामा भारतसँग ७–० गोलले पराजित भएको थियो ।
साफ यू–१८ खेल भारतमा जारी छ । नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितको सुखद अन्त्य गर्ने चाहनामा छ । त्यस्तै यसअघिको हारको बदला लिने पनि नेपाललाई मौका छ । यो प्रतियोगितामा नेपाल अंकविहीन समूहको पुछारमा छ ।
डबल राउण्ड रोबिनको आधारमा भइरहेको खेलमा शीर्ष दुई टीमले उपाधिका लागि खेल्नेछन् ।