२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

थप ३८ जनामा कोरोना पुष्टि, २६९ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३६१ पुगेको छ । सोही अवधिमा ९७ हजार ३०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २ हजार ४५३ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ६९ जना संक्रमितहरु निको भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com