२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

वाङको भ्रमण अघि पश्चिमा कूटनीतिज्ञ तिब्बती शरणार्थी शिविरमा

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायत मुलुकका कूटनीतिज्ञले तिब्बती शरणार्थी शिविर निरीक्षण गरेका छन्। काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिले बधबार जावलाखेलस्थित शिविर निरीक्षण गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ। उनीहरूले त्यहाँको भौतिक अवस्था र त्यहाँ बस्ने तिब्बतीको खानपान, बसाइ, स्वास्थ्य, शिक्षालगायतबारे चासो राखेका थिए।

चिनियाँ विदेशमन्त्री वाङले पछिल्लो पटक नेपालमा भइरहेका चीनविरोधी गतिविधिबारे प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग महत्वका साथ प्रश्न उठाउने तयारी गरिरहेका छन्। यही बेला कुटनीतिक नियोगका प्रतिनिधिले तिब्बती शिविर निरीक्षण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछिको परिवर्तित भूराजनीतिक र त्यसले सिर्जना गर्न सक्ने सम्भावित सुरक्षा अवस्था बुझ्न चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउँदै छन्। एमसीसी आफूविरुद्ध भएको चिनियाँहरूको बुझाइ छ। चिनियाँ राष्ट्रपति सी जिङपिङले एमसीसी अनुमोदन हुनुअगावै नेपालमा वाङको भ्रमण गराउन चाहेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com