२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चिनियाँ जहाज दुर्घटना

काठमाडौं । गत सोमबार चीनको गुआङ्सी झुआङमा चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७–८०० जहाजको दुर्घटनाबारे अझैँ यकिन जानकारी बाहिर आइसकेको छैन । जहाज दुर्घटनाबारे खोजीकार्य जारी नै रहेको छ ।

हालसम्मको खोजी कार्यमा दुर्घटनामा परी मृत्यु हुने तथा घाइते कोही फेला परेका छैनन् । जहाजको ब्ल्याक बक्स, जहाजका टुक्रामात्र फेला परेको अवस्था छ । यद्यपि अहिलसम्मको सूचनाअनुसार जहाज दुर्घटनामा कोही बाँचेका छैनन् भन्ने नै छ ।

हालसम्म जहाज दुर्घटनाबारे उद्धार टोलीले के के प्रमाणहरु फेला पारेका छन् त ? चिनियाँ सञ्चारमाध्य साउथ चाइना मर्निङ पोष्टका अनुसार उद्धार कार्य जारी रहेकै क्रममा जहाज दुर्घटना भएको ठाउँबाट करिब १० किलोमिटर (६.२ माइल) भन्दा टाढाका एक किसानले विमानको भग्नावशेष फेला पारेका थिए ।

हुवाङ जियानी किसानले मंगलबार सिवाङ गाउँमा आफ्नो धान खेतमा झारपात गर्दै गर्दा उक्त धातुको टुक्रा फेला पारेका थिए । उनले भनेका छन् ‘मैले धातुको टुक्रा देखेँ। यो सेतो थियो,’ करिब ८० वर्षको हुवाङले भने ।

गुआङ्सी क्षेत्रीय अग्नि तथा उद्धार कार्यालयका प्रमुख झेङ शीले शङ्कास्पद भग्नावशेषको टुक्रा करिब १.३ मिटर लामो र १० सेन्टिमिटर चौडा (४.३ फिट बाइ ४ इन्च) रहेको बताए।

यो १० किलोमिटर टाढा फेला परेको थियो र खोजी क्षेत्र आधाले विस्तार हुने अपेक्षा गरिएको थियो, उनले दुर्घटनास्थल नजिकै रहेको वुझाउमा पत्रकार सम्मेलनमा उनले भनेका थिए । दक्षिणी चीनको गुआङ्सी क्षेत्रको पहाडी र जंगली दुर्घटनास्थलमा लगातारको वर्षा, हिलो सडक र पहिरोका कारण उद्धार कार्य तीव्र बनाउन गाह्रो भइरहेको पनि बताइएको छ ।

१२३ यात्रु र नौ जना चालक दल गरी १३२ जना बोकेको विमान लगभग ८ हजार ९ सय मिटर (२९ हजार १ सय फिट) को उचाइबाट तल खसेको बताइएको छ ।

हुवाङका ४० वर्षीय भतिजा चेन झुचाङले बिहीबार बिहान यसबारे जानकारी दिएपछि प्रहरी र स्थानीय अधिकारीहरूले त्यहाँ पुगेर शंकास्पद भग्नावशेष संकलन गरेका थिए।

‘यो एउटा लामो सेतो पट्टी थियो जुन उठाउँदा झुकेको थियो, यसमा अलिकति घुमाउरो थियो, र यो भारी थिएन, ०.५ देखि १ किलोग्राम (लगभग १ वा २ पाउन्ड) थियो । यसको मतलब पट्टीको तौल लगभग थियो।,’ चेनले भने ।

उनका अनुसार पट्टीको बीचमा नीलो रंगको सानो क्षेत्र थियो । ‘जब मैले यो देखे, मेरो पहिलो विचार थियो यो विमानको भग्नावशेष हुन सक्छ।’

सोमबार विहान भएको घटनाबारे चेनले भने, ‘जब यो घटना हुन गयो, मैले चर्को आवाज सुने र युद्धजस्तो लाग्यो । यसको आवाज विशेषगरी ठूलो थियो, गर्जनको आवाज जस्तै थिएन। यो १० सेकेन्डभन्दा बढी समयसम्म चल्यो।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com