२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव जमाउन सक्रिय

अर्को महिना (वैशाख) देखि मुलुकमा चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिकरमंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराईरमधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।

हिमाल र पहाडमा एमालेको संगठन ुमजबूतु नै मानिन्छ। विगतमा ुमधेस र संघीयताु विरोधीको ुट्यागु एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन् । सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई(मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्।

चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन् । कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमालेले मधेसमा आक्रामक रूप अगाडि आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com