२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

जनसेवा न्युज संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पीएनजीले केही बेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झा आएका छन् । पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए । यूएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com