२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

आगामी निर्वाचनमा सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमाले एक्लै चुनाव : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमाले एक्लैले चुनाव जित्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचनसबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।

अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताउँदै अध्यक्ष ओलीले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता एमालेको साथमा रहेको जिकिर गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसकारण योसँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गर्या छैन चुनावमा ।

अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन रु त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com