२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

यमनका हुथी विद्रोहीले राजधानीको विमानस्थल र होडैडाको प्रमुख बन्दरगाह खोल्ने शर्तसहित युद्धविराम

एजेन्सी । यमनका हुथी विद्रोहीले राजधानीको विमानस्थल र होडैडाको प्रमुख बन्दरगाह खोल्ने शर्तसहित युद्धविराम र शान्ति वार्ताको प्रस्ताव गरेका साउदी अरबका एक वरिष्ठ अधिकारीले शनिबार एएफपीलाई बताएका छन् । यो भनाइ तेल सुविधा सहितको विद्रोहीको आश्रयस्थल जेदामा साउदी नेतृत्वको गठबन्धनद्वारा ड्रोन र क्षेप्यास्त्र हमलाको लहरको एक दिनपछि आएको हो । उक्त स्थान नजिकै हालै सशक्त सैन्य तालिम हुँदा व्यापक भीडन्त भएको थियो ।
इरान निकट मानिने विद्रोहीहरूले गत हप्ता यमनी सरकार समर्थक सैन्य गठबन्धनको नेतृत्व गरेको साउदी अरबको राजधानी रियादमा वार्ताका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका थिए ।

अधिकारीले नाम नबताउने शर्तमा भने, ‘हुथीहरूले एयरपोर्ट (साना), बन्दरगाह ९होडैडा० खोल्ने शर्तसहित द्वन्द्वरत यमनी पक्षहरूबीच छलफलहरू गर्न सकिने भन्दै मध्यस्थकर्तामार्फत् युद्धविराम प्रस्ताव गरेका छन् ।

‘हामी यसलाई आधिकारिक रूपमा घोषणा हुने समय पर्खिरहेका छौं किनभने तिनीहरू ९हुथीहरू० ले निरन्तर आफ्ना भनाइलाई परिवर्तन गर्ने गरेका छन्’ उनले थपे ।

सन् २०१४ मा सानालाई कब्जा गर्ने हुथीहरूले सरकारलाई देश निकाला गरेर विनाशकारी युद्ध सुरु गरेपछि साउदी नेतृत्वको गठबन्धनले ठीक सात वर्षअघि राष्ट्रसंघको समर्थन प्राप्त यमनी संयुक्त सरकारलाई सहयोग गर्न हुथीविरूद्ध आफ्नो हस्तक्षेप सुरु गरेको थियो ।

रियादस्थित एक कुटनीतिज्ञले एएफपीलाई बताएअनुसार यमनमा संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्ण्डबर्गले अप्रिलको शुरुमा सुरु हुने रमजानको समय सम्झौता गर्ने हालैका प्रयासहरूको नेतृत्व गरेका छन् ।

गत हप्ता साउदी अरबको राजधानी रियादमा खाडी राष्ट्रका छ सदस्य रहेको सहयोग परिषद्ले विद्रोहीहरूलाई यस महिनाको अन्तमा रियादमा वार्ता गर्न आमन्त्रित गरेको थियो । तर हुथीहरूले ‘शत्रु देशहरू’ मा र यमनी सरकारसँग वार्ता गर्न इन्कार गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com