२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

गठबन्धन गरेर जाँदा सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन् ।

सभापति देउवाले २०७४ सालको निर्वाचनमा बल्लतल्लले चुनाव जितेको सम्झिँदै आगामी निर्वाचमा गठबन्धन नगरी नहुने भन्दै गठबन्धनमा शंका नगर्न बताए ।
सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुने बताए ।

उनले भने, गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ? गठबन्धन गरियो भने अहिले सबै सिट जित्छौँ ।

सभपाति देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको तर, अहिले त्यो रिस फेर्न नहुने र अवस्थाअनुसार चल्नुपर्ने बताए । साथै, आफूमाथि पनि त्यस्तो कुनै शंका नगर्न सभापति देउवाको भनाइ छ ।

उनले भने, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन । त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

यसअघि केन्द्रीय सदस्य कोइरालाले गठबन्धनको औचित्यबारे प्रश्न उठाएका थिए । उनले अरु दलसँग गठबन्धन गर्नुभन्दा पार्टीलाई नै दह्रो बनाउनुपर्ने बताएका थिए ।

‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो रुपार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसैले त्यसतर्फ ध्यान दिऔँ,’ उनले भनेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com