२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

१३ पदाधिकारीसहित कांग्रेस केन्द्रीय संसदीय समिति बन्दै

काठमाडौँ । कांग्रेस केन्द्रीय समितिले आज संसदीय समिति बन्दैछ । कांग्रेस प्रवक्ता पकाशशरण महतले मंगलबारको बैठकबाट चुनावी गठबन्धन र संसदीय समिति टुंगो लाग्ने बताएका छन् । संसदीय समिति २५ सदस्यीय हुनेछ ।

आज बन्‍ने संसदीय बोर्डमा १३ पदाधिकारीसहित अन्य हुनेछन् । यस्तै कोषाध्यक्षका लागि ठाउँ खाली राखिएको छ ।

११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । संसदीय समितिको काम निर्वाचनमा टिकट वितरण गर्नु हो ।

कांग्रेसको विधानमा चार तहको संसदीय समिति रहने व्यवस्था छ । केन्द्रीय संसदीय समिति, प्रदेश संसदीय समिति, जिल्ला संसदीय समिति र प्रतिनिधिसभा संसदीय समिति ।

केन्द्रीय संसदीय समितिले महानगरपालिका, प्रदेश र प्रतिनिधिसभाको टिकट वितरण गर्छ । प्रदेशले नगरपालिका र उपमहानगरपालिकाको टिकट वितरण गर्दछ ।

जिल्ला संसदीय समितिले गाउँपालिकाको टिकट वितरण गर्छ भने प्रतिनिधिसभा संसदीय समितिले वडाको टिकट वितरण गर्दछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com