२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवा शुक्रबार दक्षिण छिमेकी भारत तीन दिने भ्रमणका लागि जाने तयारी

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिण छिमेकी भारतको तीन दिने भ्रमणका लागि जाने भएका छन् । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साता बित्न नपाउँदै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा निस्कन लागेका देउवाका लागि यसअघि भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिइएको छ । नेपालले चुच्चे नक्सा ल्याएपछि दुई देशबीच पातलिएको कूटनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याउने देउवासामु चुनौती छ ।

त्यस्तै, सीमा विवादको समस्या अझै पनि समाधान भएको छैन । भारतले जम्मु–कश्मीरलाई समेटेर २५ कात्तिक २०७६ सालमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको भूभाग पनि समेटिएपछि दुई देशको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो ।

त्यसपछि नेपालले ७ जेठ २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको संवादहीनताको अवस्थासम्म पुगेको थियो । नक्सा जारीपछिको तिक्तता अझै पनि बाँकी रहेकाले अब देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गर्न सक्लान् । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com