२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सुनसरीको इटहरी–२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट

सुनसरी । सुनसरीको इटहरी–२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

घाइते दुवैको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

‘पड्काएको भन्दा पनि बम आफैं पड्किएको रहेछ, दुवै जना अहिले सुरक्षित छन्’ जिल्ला प्रहरी कार्यलयका एसपी सञ्जयसिंह थापाले भने, ‘अरु विषय त अनुसन्धान हुँदैछ ।’ विष्फोटपछि घटनास्थलबाट प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चा भेटिएको जनाएको छ ।

एसपी थापाका अनुसार उक्त पर्चा विष्फोटमै पर्नेमध्येका एकले ल्याएका थिए । विष्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थापाले बताए । हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्ध घोषणा गरेको संगठन हो । जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, पाँच विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारतचीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनु पर्नेलगायतका माग यो सङ्गठनले राखेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com