२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

एन्फा निर्वाचन समिति गठन गर्ने निर्णय पारित, अध्यक्षको उम्मेद्‌वार बन्न १५ हजार तिर्नुपर्ने

जनसेवा न्युज संवाददाता

अखिल नेपाल फुटबल संघ (एन्फा) को २०औ विशेष कंग्रेस (विशेष साधारण सभा) ले निर्वाचन समिति गठन गर्ने निर्णय बहुमतले पारित गरेको छ।

मंगलबार सम्पन्न विशेष साधारणसभाले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा अधिवक्ता रामचन्द्र गौतम सह(संयोजक, दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ बैकल्पिक सदस्य र अधिवक्ता प्रिती कार्की बैकल्पिक सदस्य रहने गरी निर्वाचन समिति गठन गर्ने निर्णय बहुमतले पारित गरेको हो।

एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी जेठ १५ मा हुँदैछ। तोकिएको मितिमा हुन नसकेको जिल्ला फुटबल संघहरूको निर्वाचन आगामी वैशाख १ देखि १० गतेसम्म हुने तय छ।

यस्तै निर्वाचन पुनरावेदन समितिमा विष्णु लुइटेल संयोजक, सुधा रिजाल सहसंयोजक, केशरमणि अर्याल सदस्य, यज्ञ बहादुर राना बैकल्पिक सदस्य र हरि प्रसाद इग्नाम बैकल्पिक सदस्य रहने निर्णय पनि बहुमतले पारित भएको छ।

खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरीमान राईलाई निरिक्षक नियुक्ति गर्ने निर्णय बहुमतले पारित गरेको छ।

बैठकको निर्णय पुस्तिका प्रमाणित गर्नका लागि सानेपा क्लबका अध्यक्ष ध्रुव विक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङलाई सदस्यमा नियुक्त गर्ने निर्णय पनि पारित भएको छ।

आगामी जेठमा हुने एन्फा निर्वाचनमा अध्यक्षका उम्मेद्‌वारले १५ हजार, उपाध्यक्षले १० हजार र सदस्यले ५ हजार रूपैयाँ तितेर उम्मेदवारी दिन सक्ने निर्णय पनि पारित भएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com