२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

नेपाली सेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागे

काठमाडौं । नेपाली सेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसुचक १४ दशमलब २६ अंकले ओरालो लाग्दै २५ सय २७ दशमलव २७ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा २५४२.२९ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५२७.५८ अंकमा ओर्लिएको छ मंगलबार सेयर बजारमा ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ भने कारोबार रकममा उतारचढाव भइरहेको छ ।

मंगलबार तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । इमर्जिंग नेपाल कम्पनीको सेयर मूल्य ९२ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भएको छ ।

नेष्ट्रो समृद्ध लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य १० प्रतिशत अर्थात ७९ रुपैयाँ बढेर ८७२ रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९१ रुपैयाँले बढेर एक हजार ९० रुपैयाँमा कारोबार भयो ।

नेप्सेमा मंगलबार लाइफ इन्स्योरेन्स सेक्टरको सेयर परिसूचक २१९ अंकले ओरालो लागेको छ भने अन्य सेक्टरमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ६२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने १४७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com