२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

कास्की लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा कार्यालय विस्तार

जनसेवा न्युज संवाददाता

प्राइमलाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । यसले बीमितलाई घरैमा बसेर बीमालेख खरिद गर्न र सुरक्षित रुपमा बिमा शुल्क भुक्तानी गर्न मदत गर्ने उनको भनाइ छ ।

कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बिमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरे । सो कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com