२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।

प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ । अदालतले रिट खारेज गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ । यसअघि निर्देशिकामा अवकाशको उमेर हद ५८ वर्ष थियो तर निर्देशिका संशोधन गरेर प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गर्ने उमेर हद ५६ वर्ष कायम गरिएको थियो । ५६ वर्ष कटेका तर अवकाशको अवधि बाँकी रहेका सुरेन्द्रमान सिंह र डा। राजेन्द्रकुमार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com