२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एएफसी एसिया कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसिया कप २०२३ छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको छ । यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् ।

कुवेतमा हुने छनोट अन्तर्गत नेपालले पहिलो खेल जोर्डनविरुद्ध जुन ८ तारिखमा खेल्नेछ । नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ तारिखमा खेल्ने तालिका रहेको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण अप्रिल १५ तारिखबाट सुरु गर्नेछन् ।

छनोटमा परेका खेलाडीः

किरण चेम्जोङ, दिप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकाश खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिस डांगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकूरी र तेज तामाङ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com